शैक्षिक सामाग्री वितरणमा दुई संस्थाबीच कार्य बाँडफाँड र घनिष्ठ सहकार्य : भक्तपुर नगरपालिका र जनक शिक्षा सामाग्री केन्द्र
Work sharing and close collaboration between two organizations in the distribution of educational materials: Bhaktapur Municipality and Janak Educational Materials Center
मिति: २०८३ बैशाख ९ गते, बुधबार
भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापति र जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक श्री यदुनाथ पौडेलबीच आज एक सौहार्दपूर्ण भेटवार्ता सम्पन्न भयो।
यस भेटवार्तामा छपाइ कार्य तथा शैक्षिक सामाग्री वितरणमा दुई संस्थाबीच कार्य बाँडफाँड र घनिष्ठ सहकार्यका विषयमा खुला र सकारात्मक छलफल भयो।
दुवै पक्षले एकअर्काका कार्यक्षेत्र, अनुभव र सम्भावनाबारे जानकारी आदानप्रदान गरी भविष्यमा मिलेर काम गर्ने इच्छाशक्ति व्यक्त गरे।
यो भेटवार्ताले दुई संस्थाबीच सम्बन्ध थप नजिक बनाउने र आगामी दिनमा थप सहकार्यका लागि ढोका खोलेको छ।
जनक शिक्षा सामाग्री केन्द्र | भक्तपुर नगरपालिका